नर्सरीका बालकले आफ्नी प्रेमिकालाई २० लाख रूपैयाँ मूल्य पर्ने उपहार दिएपछि…
काठमाडौं । चीनको सिन्चुआ प्रान्तमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ किन्डरगार्टनमा अध्ययनरत एक सानो बच्चाले आफ्नै सहपाठीलाई दिएको उपहार सुनेर सबै छक्क परेका छन् । बालिकाले आफ्ना अभिभावकलाई यो उपहार देखाएपछि यो कुरा खुलासा भएको हो ।
वास्तवमा ती बालकले १०० ग्राम तौलका दुईवटा सुनको बिस्कुट दिएका थिए जसको मूल्य १५ हजार अमेरिकी डलर (२० लाख रुपैयाँ) थियो । केससँग सम्बन्धित एक अनलाइन भिडियोमा एक बालिकाले यी सुनका बिस्कुटहरू भएको खुला रातो बक्स समातेको देखाइएको छ।
आफ्नी छोरीको भनाई उद्धृत गर्दै बालिकाकी आमाले बताएअनुसार बालकका आमाबुवाले बालकलाई घरमा राखिएको सुन उनकी भावी श्रीमतीका लागि भएको बताएका थिए । यो कुरालाई बालकले यति गम्भीरतापूर्वक लिए कि उनले आफूले ‘भावी श्रीमती’ को रुपमा रोजेकी बालिकालाई त्यो सुन उपहार दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment