सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु
सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन्।
घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइते नेपाली चालक हुन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment