बुहारीको हत्या आरोपमा सासु पक्राउ

डिसी नेपाल
१७ माघ २०८० १८:१५
60
Shares

सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।

पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।

प्रहरीले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ। घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएका छ। पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *