बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण पक्राउ

डिसी नेपाल
१८ माघ २०८० १३:४८
1.4k
Shares

काठमाडौं । व्यवासायी अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो।

सरकारी स्वामित्वको उद्योग बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको ठरोपमा उनलाई पक्राउ गरिएको हो। सीआइबीले चौधरीलाई लैनचौरबाट पक्राउ गरेर आफ्नो मुख्यालय लगेको छ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *