आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

डिसी नेपाल
२१ माघ २०८० २३:२५
92
Shares

उदयपुर। उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ। कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो।

समूहका अध्यक्ष विजय अधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ।इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ। स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो।

“आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ” समूहका सचिव राजकुमार थापा क्षेत्रीले भने ,“अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ ।”

नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताइन्।

शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ। आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *