हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

डिसी नेपाल
२३ माघ २०८० १०:०८
108
Shares

हेटौंडा। हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना ९साउनदेखि पुससम्म० को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ।

नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ। साथै, यसका लागि कानुन कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *