सरकारले बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढायो

डिसी नेपाल
२५ माघ २०८० २२:४०
36
Shares

काठमाडौं। सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहिबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ।

टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो। हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

सीआईबीले १८ माघमा सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी सीजी चाँदबागका अध्यक्ष अरुण चौधरी, सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापालाई जग्गा हिनामिना प्रकरणमा पक्राउ गरेको थियो । उनीहरू बुधवार नै हाजिरी जमानीमा छुटी सकेका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *