२३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं। प्रहरी प्रधान कार्यालयले मंगलबार राति २३ जिल्ला इन्चार्जसहित ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ।
सरुवा अनुसार झापामा मिलन केसीलाई पठाइएको छ। सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ।
हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो। अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ। ज्ञावलाीले रुपन्देही सरुवा चाहेका थिए।
नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदमबहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ।
सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ। चितवनमा भावेष रिमाल गएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ। सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन्। उनले काभ्रे चाहेका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment