कैलालीकाे गौरीगंगा नगरपालिकामा यसरी मनाइयाे जनयुद्ध दिवस

डिसी नेपाल
२ फागुन २०८० ८:४५

कैलाली। कैलालीको गौरीगंगा नगरपालिका-८ र ९ मा २९ औं जनयुद्ध दिवस मनाइएकाे छ।। दुवै वडाले छुट्टाछुट्टै स्थानमा दीप प्रज्वलनसहित जनयुद्ध दिवस मनाएका हुन्।

वडा नम्बर आठमा वडाअध्यक्ष करुणा चौधरीको उपस्थितिमा जनयुद्ध दिवस मनाइएकाे थियाे भने वडा नम्बर ९ मा वडा अध्यक्ष ताजेन्द्र चौधरीको उपस्तिथिमा जनयुद्ध दिवस मनाइएकाे थियाे।

सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउने निर्णय खारेज गरेता पनि देशैका विभिन्न गाउँपालिका र नगरपालिकाले भने आफ्नो आफ्नो अनुकूलता अनुसार जनयुद्ध दिवस मनाएका हुन्।

यस्तै माओवादी केन्द्र बाहेक पनि माओवादी पार्टी विभाजन पछि गठन भएका छुट्टाछुट्टै पार्टीहरुले पनि फरकफरक तरिकाले जनयुद्ध मनाएका छन्। मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगाएतका दलहरूले फरकफरक रूपमा जनयुद्ध दिवसलाई स्मरण गर्दै शुभकामना आदान प्रधान गर्दै जनयुद्ध दिवस मनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *