रौतहटको ईशनाथ नगरपालिकामा लगाइएकाे कर्फ्यू हटाइयो

डिसी नेपाल
९ फागुन २०८० १४:४१

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।

ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ती विसर्जन गर्ने क्रममा हिन्दु-मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो ।

तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका  ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *