एमाले केन्द्रीय समिति बैठक: समूहगत छलफलको निष्कर्ष पेश गरिँदै

डिसी नेपाल
१० फागुन २०८० ६:५७
8
Shares

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने छन्।

जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामुहिक छलफल गरिरहेको छ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा बिभाजन गरी छलफल गरिएको हो।

साेही समूहले आज प्रतिवेदनकाे निचाेड सुनाउने भएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *