प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि सकुशल उद्धार

डिसी नेपाल
१२ फागुन २०८० ८:०७
300
Shares

काठमाडौं। काठमाण्डौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ। शिशु चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौंको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी सिंहसहित अन्य दुई जना रहेका छन्। महिलाकी दिदी र श्रीमानलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रिय प्रहरी प्रवक्ता नेपाल प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिए।

गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मानकुमारीले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन्। सहयोगको बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले बताएपछि प्रहरीले खोजी थालेको थियो । रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको सिसिटिभीमा देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *