गठबन्धन निकट विद्यार्थी संगठनले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुको मसाल जुलुस
काठमाडौं। गठबन्धन निकट विद्यार्थी संगठनहरुले आफ्ना नेताहरुलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन्।
सत्ताको आडमा निरन्तर रुपमा आफ्ना नेताहरुमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले शनिबार लैनचौरस्थीत अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन्।
शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो। अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ।
त्यस्तै मसाल जुलुसमा सहभागीहरुले अस्कल क्याम्पसमा छात्रवृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप लगाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment