माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो।
सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ। बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ।
साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजायँ गर्ने पनि जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment