आजदेखि देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइँदै

डिसी नेपाल
१३ फागुन २०८० ७:२९
76
Shares

काठमाडौं। आजदेखि दादुरा-रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ।

जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो।

सो अभियानअन्तर्गत काठमाडौं जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ। जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुँदैछन्।

काठमाडौंका १० स्थानीय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ।

काठमाडौं दादुरा-रुवेलाको अतिसङ्क्रमित जिल्ला हो। गत वर्ष काठमाडौँ जिल्लामा दादुरा-रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो। गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *