मिर्मिरे लघुवित्तको आज साधारण सभा
काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ। सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
सभामा सेयरधनीको भने हात खाली हुने भएको छ। सभा, होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ।
संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment