अध्यक्ष ओलीद्वारा भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१४ फागुन २०८० २१:४३
32
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर  भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। ‘कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु’ उनले गायक तथा संगीतकार आचार्यलाई सम्झिदै भने।

गायक तथा संगीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *