राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१४ फागुन २०८० २२:३३
24
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको निधनको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

गायक तथा संगीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *