उज्वेकिस्तानमा भारतीय व्यापारीलाई २० वर्षको जेल सजाय
काठमाडौं। उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी र किर्तेमा दोषी ठहर भएका हुन् ।
वास्तवमा उजबेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तिमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो। जसका कारण ६८ बालबालिकाको मृत्यु हुन पुगेको बताइएको छ ।
मृतकका आफन्तको उजुरीको आधारमा उज्वेकिस्तान प्रहरीले मुद्दा दर्ता गरी अदालतमा आरोपपत्र दायर गरेको थियो । जसमा उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप बेच्ने कम्पनीका निर्देशक राघवेन्द्र प्रतापलाई पनि अभियुक्त बनाइएको हो । उनीविरुद्ध लापरवाही, ठगीलगायतका गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले भारतको मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरप बालबालिकालाई दिन नहुने बताएको थियो। सिरपको नाम एम्ब्रोनोल सिरप र डक–१–म्याक्स हो। यी दुवै सिरप नोएडास्थित कम्पनी मेरियन बायोटेकले उत्पादन गरेको हो।
अनुसन्धानमा दुवै सिरप गुणस्तरीय नभएको डब्ल्यूएचओले जनाएको छ । यसमा डायथिलिन ग्लाइकोल वा दूषित पदार्थको रूपमा इथिलीन ग्लाइकोलको सही मात्रा नभएको खुलेको थियो ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment