अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, बाबुछोराको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०८३ ९:४२
48
Shares

अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा गए राति लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोरा रहेका छन्। छोराको नाम भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *