एमालेका अग्रज नेता तथा पूर्वप्रदेशसभा सदस्य बाबुराम गौतमको निधन

डिसी नेपाल
४ कार्तिक २०८३ २१:२७
8
Shares

रूपन्देही । नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य बाबुराम गौतमको निधन भएको छ। गुल्मीको थोर्गामा जन्मिएर नेपालगन्जलाई आफ्नो मुख्य कर्मथलो बनाउनुभएका गौतम बाँकेमा कम्युनिस्ट आन्दोलनका अग्रज नेताका रूपमा परिचित थिए।

वि.सं. २०५४ सालमै नेकपा एमाले बाँके जिल्ला कमिटीको प्रमुखको जिम्मेवारी सम्हालेका गौतमले लामो समयसम्म पार्टी संगठन निर्माण र राजनीतिक-सामाजिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए।

उहाँको निधनप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ। महासचिव पोखरेलले पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्व प्रदेशसभा सदस्य गौतमको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्।

संघर्ष, सादगी र निष्ठाको राजनीतिमा समर्पित कमरेड गौतमको निधनले देशको राजनीतिक तथा सामाजिक क्षेत्रका साथै पार्टीमा ठूलो क्षति पुगेको उनले उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *