बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

डिसी नेपाल
४ कार्तिक २०८३ २१:५०
8
Shares

काठमाडौं। बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो। ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तरराष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपिएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ।

३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन्।

मेहदीले विभिन्न छवटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन्। एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ। पोखराले तेस्रो संस्करणको एनपिएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *