डेपानीमा पर्यटकले पनि मनाए दशैं

डिसी नेपाल
४ कार्तिक २०८३ २१:०८
4
Shares

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि बुधबार टिका र जमरा लगाएर बडादसँै पर्व मनाएका छन्।

नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए।

“घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैँको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौ,” उनले भने, “पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ।”

घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो। घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ।

घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *