सेन्चुरी कमर्सियल बैंकका सिइओ मनोज न्यौपाने पक्राउ

डिसी नेपाल
१५ फागुन २०८० ११:२९

काठमाडौं । प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेलाई नियन्त्रणमा लिएको छ।

ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । जानकारीअनुसार उनलाई नेपाल राष्ट्र बैंकको आग्रहमा पक्राउ गरिएको हो ।

न्यौपाने २ वर्षअघि २०७८ चैतमा बैंकको सिइओ नियुक्त भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *