माओवादी स्थायी कमिटी बैठक : राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने अडान लिन सुझाव

काठमाडाैं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन्।
पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरुले जोड दिएका हुन्।
माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकाशं स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यसबिषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।
बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका बिषयमा पनि सदस्यहरुले चासो राखेको उनले बताए। बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ।
स्थायी कमिटीमा नेताहरुको कार्यबिभाजन, पार्टीको अभियानको समिक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।
Facebook Comment