माओवादीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, को कहाँ?
काठमाडौं। नेकपा(माओवादी केन्द्र)को दुई दिनदेखि जारी स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ।
बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ ।
मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ। बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।
यस्तै गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन्।
लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सहइन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन्।
कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सहइन्चार्जको टुंगो लाग्न सकेको छैन।
यस्तै सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छिन्।
विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सहइन्चार्जमा यशोदा सुवेदी रहेकी छिन्। महासचिव देव गुरुङले सम्पर्क समन्वय कमिटी इन्चार्जको जिम्मेवारी पाएका छन्।
प्रवास अन्र्तगत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक रहेका छन्। युरोप इन्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment