माओवादीको नयाँ कार्यविभाजनप्रति उपमहासचिव शर्माको लिखित असहमति (पूर्णपाठ)
काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)को नयाँ कार्यविभाजनलाई लिएर पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गरेका छन्।
उनले हालै कायम गरिएको कार्यविभाजन प्रति असन्तुष्टि जनाउँदै लिखित रुपमा फरक मत बैठकमै राखेका छन्। विधि विपरीत आफ्नो अनुकुलतमा निर्णय गरिएको उनको आरोप छ।
उपमहासचिव शर्माले पार्टीमा आफू र आफूप्रति सकारात्मक भएकाहरुलाई समेत जिम्मेवारीविहीन बनाएको आरोप पत्रमा उल्लेख गरेका छन्। उनले फागुन १देखि ३ गतेसम्म चलेर सम्पन्न भएको प्रथम विधान अधिवेशामा समेत आफूले राखेको पूरक प्रस्तावको विषयमा छलफल गर्न नदिइएको बताएका छन्।
उनले यसअघि सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता खगराज भट्टलाई दलको नेताबाट हटाएपछि पार्टीमा कुनै जिम्मेवारी नदिएर अपमानित गरेको असहमति पत्रमा उल्लेख गरेका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment