‘मेडिकल’ उपकरण निर्माणमा सहयोग गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रसायन तथा मेडिकल आपुर्ति संघ नेपालको आयोजनामा आजदेखि भुकृटीमण्डमा शुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके विदेशिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताए। उनले एक्स्पोको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए।
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले नेपाल र भारतबीचको खुला सिमानाका कारण गुणस्तरहीन स्वास्थ्य सामाग्री मुलुकमा आइरहेकोले त्यसलाई रोक्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment