वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने छ: रक्षामन्त्री खड्का {भिडियो}
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन्।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन्। उनले गठबन्धनमा बिचमा नै तोडिने होकी भन्ने आशंका नगर्न आग्रह गरे।
निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सवै दलहरु गम्भीर रहेको उनको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ता भन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रीत रहेको बताए
उनले भौतिक दृष्टिकोणका कारण कर्णाली प्रदेश पछि परेको भनिएपनि प्राकृतिक स्रोतका हिसावले मुलुककै गौरवयुक्त प्रदेश रहेको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment