राजधानीमा मिटरब्याज पीडितहरुको साङ्ले जुलुस (तस्वीरसहित)

डिसी नेपाल
१८ फागुन २०८० १६:२१

काठमाडौं। बिभिन्न माग राख्दै आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले शुक्रबार साङ्ले जुलुस निकालेका छन् । आफूहरुको मागको छिटो सुनुवाई गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्ले जुलुस निकालेका हुन् ।

काठमाडौको भृकुटिमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो । उनीहरुले मिटरव्याजीलाई कारवाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगाएका नारा लगाएका थिए।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले आन्दोलन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *