सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

डिसी नेपाल
१८ फागुन २०८० २०:०८
16
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिने भएका छन्।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेयले आज सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा ‘आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले सघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा उहाँ कामविशेषले काठमाडौं उपत्यकाबाहिर रहेको हुँदा यही फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न’ अनुरोध गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *