प्रधानमन्त्री दाहालले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

डिसी नेपाल
१९ फागुन २०८० ७:४३
32
Shares

दाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै छन्। आज दिउँसो दुई बजे बस्ने तेस्रो अधिवेसनको दोस्रो बैठकलाई प्रधानमन्त्री दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गरी प्रदेश सभा भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत स्थानीय विद्यालय परिसरमा ओर्लिएर त्यहाँबाट सिधै प्रदेश सभामा पुगेर प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रदेशका मुख्यमन्त्री, सभामुख लगायत मन्त्रीहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *