आफ्नै निवासमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल

डिसी नेपाल
२० फागुन २०८० २१:४४

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।

मन्त्रिपरिषद् पुनस् गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ। त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *