लमजुङमा दुईदिने पसगाउँ महोत्सव सम्पन्न

डिसी नेपाल
२० फागुन २०८० २२:३८

गण्डकी। प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कार र संस्कृतिले सम्पन्न लमजुङ जिल्लाको क्व्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँमा १४औँ पसगाउँ महोत्सव आज सम्पन्न भएको छ।

पसगाउँ सामुदायिक घरबास (होमस्टे) व्यवस्थापन समितिको आयोजना एवं क्व्होलासोँथर गाउँपालिकाको कार्यालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रज्ञा–प्रतिष्ठान, क्व्होलासोँथर गाउँपालिका–६, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भुजुुङको प्रवद्र्धनमा आयोजित दुुईदिने महोत्सवको शनिबार गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे।

अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत लमजुुङ हिमालको काखमा समुद्री सतहबाट एक हजार ६ सय ५० मिटरको उचाइमा रहेको रमणीय गाउँको पर्यटकीय विकासलाई लक्षित गरी २०६१ सालदेखि सञ्चालित पसगाउँ सामुदायिक होमस्टेको प्रवद्र्धनको लक्ष्य राख्दै महोत्सव आयोजना गरिएको हो।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुुरुङले हाम्रा मनोरम प्राकृतिक सम्पदाका साथै प्राचीन मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि गाउँ पर्यटनको विकास आवश्यक भएको बताए। गण्डकी प्रदेशमा तत्कालीन आफू नेतृत्वको सरकारले गाउँ पर्यटनलाई जोड दिँदै गण्डकी प्रदेशमा तीन सयवटा घरबास सञ्चालनमा जोड दिएको उनले बताए। अर्थतन्त्रलाई गतिशील बनाउन यस किसिमका मेला महोत्सवको विशिष्ट भूमिका हुने उनले बताए।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले प्रकृति र संस्कृतिमा पसगाउँ सम्पन्न रहेको बताउँदै यसको प्रवद्र्धन र विकास आवश्यक हुने उल्लेख गरे। लोप हुँदै गएका प्राचीन संस्कृतिको जगेर्ना गर्दै पर्यटनसँग जोड्न सक्नुपर्नेमा उनले जोड दिए।

क्व्होलासोँथर गाउँपालिकाका अध्यक्ष एवं पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूूर्य गुुरुङले होमस्टेलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको बताए। प्राकृतिक सौन्दर्य र मौलिक संस्कृतिलाई जगेर्ना गरी स्थानीय उत्पादनमा जोड दिनुु आफूहरूको उद्देश्य भएको उनले बताए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोख्रेलले मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको बताउँदै पहिचानलाई जोगाउँदै त्यसलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुुरुङले होमस्टेलाई उत्पादनसँग जोड्दै रोजगारी सृजना गर्न सकिने धारणा राखे।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोँथर गाउँपालिका–५ का वडाअध्यक्ष गीतबहादुर गुुरुङ, पसगाउँ साुमदायिक होमस्टेका उपाध्यक्ष पदमबहादुुर गुरुङ, एक्याप भुजुङका प्रमुख आनन्द सुवेदी, गङ्गाराम गुरुङलगायतले पसगाउँको पर्यटकीय महत्वलाई उजागर गर्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *