कांग्रेसका मन्त्री गुरूङले छाडे सरकारी निवास
काठमाडौं। प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन्।
राजीनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन्।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको गठन गरेसँगै कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन।
‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु। सबैलाई धन्यवाद,’ उनले भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment