महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड
छिन्चु। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन्।
वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन्। उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन्। सामाजिक न्याय, महिला अधिकार र लैंगिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन्।
विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी विधेयक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताइन्। यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताइन्। उनले, प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैंगिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन्।
उनले महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेकाले अब त्यो अवस्थालाई चिर्दै आफ्ना हकअधिकार प्राप्तिमा निरन्तर लागिपर्ने बताइन्। तीन तहका सरकारमा महिलालाई नीति निर्माणमा समानरूपमा सहभागी बनाउनुपर्नेमा जोड दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment