गठबन्धनबारे छलफल गर्न नागरिक उन्मुक्ति पार्टीकाे आकस्मिक बैठक बस्दै

डिसी नेपाल
२२ फागुन २०८० ९:०६
44
Shares

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई सत्ता समिकरणका विषयमा चौधरीलाई छलफमा बोलाएपछि आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बालाएका हुन्।

बैठक विहान १० बजे काठमाडौंमा बस्ने भएको छ। ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ । पार्टीको निणर्य अनुसार अगाडि बढ्छौँ,’ सो पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ । नभए बाहिर बस्छौँ ।’

बद्लिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *