एमालेको प्रमुख सचेतक बने महेश वर्तौला, सचेतकमा सुनिता बराल नियुक्त
काठमाडौं। नेकपा (एमाले)को प्रमुख सचेतकमा महेश वर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन्।
नेकपा(एमाले)ले संसदीय दलको प्रमुख सचेतक रहेका पदम गिरी सरकारमा सहभागी भएपछि सो पदमा वर्तौलालाई नियुक्त गरेको छ। यसअघि सचेतक रहेका उनलाई प्रमुख सचेतक बनाइएको हो।
एमालेको संसदीय दलको नेता रहेका अध्यक्ष केपी शर्मा ओलीले वर्तौलालाई प्रमुख सचेतकमा नियुक्त गर्दै उनको स्थान सचेतकमा सुनिता बराललाई नियुक्त गरेका छन्।
वर्तौला मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिकतर्फकी सांसद हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment