मन्त्रिपरिषद् विस्तार : उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

डिसी नेपाल
२७ फागुन २०८० १२:१५
172
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्।

जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन्। शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रधानमन्त्री प्रचण्डले गत सोबार अघिल्लो गठबन्धन तोड्दै नयाँ सत्ता गठबन्धन बनाएका थिए । बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका मन्त्रीहरुले शपथ लिईसको छन् । प्रचण्ड सरकारमा एमालेका ८, माओवादीका ५ ,रास्वपा ४, नेकपा एकीकृत समाजवादी र जसपाका समान २ मन्त्री सहभागी भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.