संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी

डिसी नेपाल
१८ पुष २०८२ १७:१७
72
Shares

काठमाडौं। एमाले–कांग्रेसले संसद पुनस्र्थापना गरे उनीहरुविरुद्ध पुन : सडकमा जाने मिराज ढुंगानाको संयुक्त जेनजी आन्दोलनले चेतावनी दिएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले संसद पुनःस्थापना सम्भव नरहेको बताएका छन्।

आन्दोलनका प्रवक्ता विर्जन विश्वकर्माले विघठित प्रतिनिधिसभालाई पुनःस्थापनाको मुद्दाले आफूहरुलाई झस्काएको बताएका छन्। विश्वकर्माले जेनजीको बलिदानको बलबाट भएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा पूरानाहरु सल्बलाउनु आन्दोलनमाथिको धोकाको संकेत भएको जनाएका छन्।

पहिला देशका सचिवालय सदस्य तथा जेनजी सुनिल सिंहले पुनःस्थापनाको विषय प्रतिगामी सोच र कदम हुने बताउँदै त्यसलाई कुनै पनि हालतमा रोक्नुपर्ने धारणा राखे। ‘विघठित संसद पुनःस्थापना गर्नु भनेको चिहानमा पुगेको कंकाललाई जिवित गर्नु सरह हो, त्यसैले यसविरुद्ध हामी कडा आन्दोलनका लागि तयार बन्नुपर्छ,’ सिंहले थपे।

जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन्। जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *