कांग्रेस महामन्त्री शर्माले कार्यकर्तालाई भने- पार्टी विभाजन हुँदैन, ढुक्क हुनुहोस्

डिसी नेपाल
१८ पुष २०८२ १६:१४
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता कार्यकर्ताहरूलाई पार्टी विभाजन नहुनेकुरामा विश्वस्त हुन आग्रह गरेका छन्। कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यालय सानेपामा पुगेका शर्माले पत्रकारहरूसँगको प्रतिक्रियामा उक्त कुरा बताएका हुन्।

विधानको व्यवस्थाअनुसार कार्यक्रम गरेर जाँदा कांग्रेस फुट्ने नभइ एक ढिक्का रहने उनले बताए। ‘पार्टी फुट्छ कि भनेर कसैले आशंका नगरे हुन्छ। म सबैलाई ढुक्क हुन आग्रह गर्दछु– पार्टी एक ढिक्का रहन्छ। अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो। हामीले मिति तय गर्‍यौं, निर्वाचन गर्न सकेनौं। मिति मात्रै तय भएर हुँदैन,’ उनले भने।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको थियो। यहिबीच कांग्रेस फुटको संघारमा पुगेको चर्चासमेत हुन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *