पार्टी कार्यालयभित्रै राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ कुटिए (भिडियो)

डिसी नेपाल
२७ फागुन २०८० १३:२९
256
Shares

काठमाडाैं। राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो।

बैठककक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन्।

पार्टीको बैठकमा श्रेष्ठले पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए। श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए। पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो। स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो ।

ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ। ठाकुरमोहन पूर्व एआइजी हुन्। उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए।

श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका थिए। पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.