माओवादीबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बने नारायण दाहाल

डिसी नेपाल
२७ फागुन २०८० १९:०९
72
Shares

काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाउने भएको छ ।

आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र उर्मिला अर्याल मध्ये एकलाई उम्मेदवार बनाउने बिषयमा छलफल भएपनि अन्ततः दाहाललाई नै अघि सार्ने निर्णय भएको माओवादी नेता चक्रपाणी खनालले जानकारी दिए।

नवगठित गठबन्धनको सहमति अनुरुप राष्ट्रियसभा अध्यक्ष पाएको माओवादीले उम्मेदवार बनाएका दाहाललाई एमाले, रास्वपा र जसपाकाे समर्थन रहेको छ।

यही २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीसहित एमाले लगायतको नवगठित गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही अनुसार माओवादीले दाहाललाई उम्मेदवार बनाएको हो।

दाहाल प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातामा भाई हुन् । उनी माओवादी केन्द्रको स्थायी समिति सदस्य हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.