कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी खत्रीको मृत्यु
काठमाडौं। काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।
उनको माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
फागुन २० मा जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए। ठक्कर दिने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment