एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर

डिसी नेपाल
२९ फागुन २०८० ६:५८
164
Shares

काठमाडौं। अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ। गएराति सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

दोस्रो लिगमा अल नासरले ३-२ को नतिजा निकालेसँगै पहिलो लिगमा १-० ले हारेको आधारमा खेल ३-३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल ४-३ ले सकियो र समग्रमा खेल ४-४ ले बराबरी भयो।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३-१ ले हार्न पुग्यो।

यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *