प्रि-ओपन सेसन नेप्से १३ अंकले बढ्यो
काठमाडाैं। प्रि-ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ।
यससँगै सूचक २०६५.६२ विन्दुमा आएको छ। ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार हुँदा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो। ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment