काठमाडौंबाट स्याङजातर्फ जाँदै गरेको हाइस नवलपुरमा दुर्घटना हुँदा चार घाइते

डिसी नेपाल
३० फागुन २०८० २१:२८
112
Shares

कावासोती। नवलपुरको बुलिङ्गटार–६ धाँसीस्थित कालीगण्डकी करिडोरमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। काठमाडौंबाट स्याङजातर्फ जाँदैगरेको बा३ख ९७९३ नम्बरको हाइसको ब्रेकफेल भइ कालीगण्डकी करिडोर सडकको बायाँतर्फको नालामा खस्दा चार जना घाइते भएका हुन्।

दुर्घटनामा परेर हाइसमा सवार १७ जनामध्ये ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने ६१ वर्षीय चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ९० वर्षीय जंगबहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका–७ का ७३ वर्षीया पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका–११ का वर्षीया दिपा बस्याल भट्टराई घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि पाल्पातर्फ पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *