‘गौशाला २६’ नाबालिग नै रहेको दाबी गर्दै सरकारी पक्ष उच्च अदालतमा
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सरकारी पक्ष सन्दीपलाई सजाय बढाउन माग गर्दै उच्च अदालतमा पुगेको छ । सरकारी पक्षले पीडित भनिएकी ‘गौशाला २६’ नाबालिग रहेको दाबी गर्दै सन्दीपलाई नाबालिग बलात्कारको कसूरमा सजाग गर्न माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेको हो ।
सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। तर, पीडित गौशाला २६ नाबालिग नरहेको ठहर गरेको थियो। सन्दीपले यसअघि नै आफू निर्दोष रहेको दाबी गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गरिसकेका छन् । सोही अदालतमा सरकारी पक्षले पीडित नाबालिग रहेको दाबीसहित पुनरावेदन गरेको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment