दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
१ चैत २०८० २१:१८
72
Shares

काठमाडौं। दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौंको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्।

दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विहीन भएका हुन्। आरोपीलाई काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरेर कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *