प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेट माथि छलफल जारी रहने

डिसी नेपाल
४ चैत २०८० ६:३९
36
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालय बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।

साथै, आ.व. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *